एमसिसीविरुद्ध लेखिएका स्टाटस हटाउन अध्यक्ष नेपालको निर्देशन


काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा लेखिएका ‘स्टाटस’ हटाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

एकीकृत समावजादीको आज  (बुधबार) देखि बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै एमसीसीका विषयमा लेखिएका स्टाटस हटाउन र त्यसको विरुद्धमा आवाज नउठाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका हुन् ।

‘एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ,’ उनले भने, ‘एमसीसीविरुद्धमा लेखिएका स्टाटस मेटाउनुहोला । व्याख्यात्वमक घोषणासँगै एमसीसीका विषयमा रहेका अस्पष्टता हटेका छन् ।’

यस्तै‚ उनले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको वैधानिकता अन्त्य गर्ने प्रयास गरेको बताएका छन्। ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसिसीको नाममा गठबन्धन तोड्न‚ एकीकृत समाजवादीको वैधानिकता अन्त्य गर्नुपर्ने प्रस्ताव राखेको नेपालको भनाइ छ।

देशभर नै अन्य पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलिरहेको अध्यक्ष नेपालले दाबी गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै कतिपय मान्छेलाई आफ्नो शक्तिशाली पार्टी नै रहेको भ्रम भएको हुनाले निर्वाचनपछि प्रष्ट हुने बताए।

उनले आफूहरुले निर्माण गरेको एमाले केपी ओलीको कब्जामा परेपछि आत्मसमर्पण गर्न नसकेर विद्रोह गरेको बताए।

प्रतिक्रिया