रुसी तेलमाथि पूर्णरुपमा प्रतिबन्ध लगाउने अमेरिकाको निर्णय


काठमाडाैँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसबाट आउने तेलमाथि पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्।

रुसले युक्रेनमाथि गरेको आक्रमणमा आपत्ति जनाउँदै रुसलाई थप दबाब सिर्जना गर्नका लागि अमेरिकाले तत्कालै कार्यान्वयनमा आउने गरी रुसी तेलमाथि प्रतिबन्धको निर्णय गरेको हो।

मंगलबार अमेरिकी राष्ट्रपति कार्यालयले रुसी अर्थतन्त्रको महत्वपूर्ण कडी मानिने तेलमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको बताएको थियो।

‘हामी रुसबाट आयत हुने सबै तेल, ग्यास र ऊर्जामा प्रतिबन्ध लगाउन गइरहेका छौं। यसको अर्थ रुसी तेल अब अमेरिकी बन्दरगाहमा आउनेछैनन्’, बाइडेनले भने।

यसअघि अधिकारवादीहरु र युक्रेनले पनि अमेरिका र उसका सहयोगी मुलुकलाई रुसको तेल तथा ग्यासमा प्रतिबन्ध लगाउन माग गर्दै आएका थिए।

विशेषगरी युरोपेली मुलुकहरु ग्यास र तेलमा रुसमा निर्भर छन्। युरोपको समग्र ग्यासको मागमध्ये ४० प्रतिशत रुसबाट आउने गरेको छ।

अमेरिका भने तेल आयातमा रुसमाथि त्यति धेरै निर्भर छैन।

प्रतिक्रिया