कांग्रेस राैटहट सभापतिमा देउवा समूहका यादव


काठमाडाैँ – नेपाली कांग्रेस रौतहट सभापतिमा सुनिलकुमार यादव (जितेन्द्र) निर्वाचित भएका छन्।  उनले १३६२ मत ल्याएर सभापति जितेका हुन् ।

यादव सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। सभापतिका अर्का उम्मेदवार हृदयनारायण राय यादवले जम्मा १०६४ मत ल्याएका थिए। उनी संस्थापनइतर समूहका हुन्।

उपसभापतिमा धिरेन्द्रकुमार सिंह र रामलोचनप्रसाद कलवार विजयी भएका छन्। साथै सचिवतर्फ राजेशकुमार चौधरी र रामचन्द्र गिरी निर्वाचित भएका छन् भने सहसचिवमा फिरोज आलम र सिकेन्द्रप्रसाद पटेल निर्वाचित भएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया