नाइजेरियामा सरकार निकट ५७ लडाकू मारिए


कानो – नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा परी प्रतिकार समूहका ५७ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षाका लागि सरकार निकट मानिने लडाकू दस्ताका सदस्यलाई बन्दूकधारीहरूले हत्या गरेका हुन् ।

देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जुरू जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय सुरक्षा श्रोत र स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

घटना सोमबार भएपनि प्रहरीले मङ्गलबार मात्रै घटनाका बारेमा जानकारी दिएको हो । प्रहरीले घटनास्थलबाट ५७ जनाको शव निकालिएको बताएपनि स्थानीयले भने ६२ जनाको मृत्यु भएको दावी गरेका छन् ।

नाइजेरियामा शसस्त्र लुटेराहरूले स्थानीय बासिन्दालाई कुटपिट गर्ने, हत्या गर्ने र लुटपाट गर्ने गरेकाले प्रतिकारका लागि सरकारको सहयोगमा प्रतिकार समूहको व्यवस्था गरिएको छ ।  प्रतिकार समूहका सदस्य र लुटेराहरूको समूहबीचमा बेला बेलामा झडप हुने र मानवीय क्षति हुने गरेको छ ।

प्रतिक्रिया