युक्रेनी नागरिकलाई सुरक्षित स्थानतर्फ जान दिन राष्ट्रसङ्घको अपील
युक्रेन – मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घीय निकायका प्रमुखले युक्रेनका सर्वसाधारणलाई सुरक्षित ठाउँतर्फ जान दिन एउटा भावुक अपील गरेका छन्।
न्यूयोर्कस्थित सुरक्षा परिषद्को आपत्कालीन बैठकमा मार्टिन ग्रिफिथ्सले युद्धका कारण युक्रेनमा फसेका लाखौँ सर्वसाधारणको दयनीय अवस्थाबारे चर्चा गरे।
हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उनले उल्लेख गरे। रुसी आक्रमणमा परेका क्षेत्रबाट जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा मानिसहरूलाई जान दिन उनले आग्रह गरे।
राष्ट्रसङ्घका लागि रुसी राजदूतले भने सर्वसाधारणलाई जान नदिएको कुरा अस्वीकार गरे।