इन्जिनियर एशोसिएसन निर्वाचनः ११ बुँदे प्रतिबद्धतासहित उपाध्यक्षमा ई. कोइरालाको उम्मेदवारी


काठमाडौं – नेपाल इन्जिनियर्स एशोसिउनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिमा नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ । आगामी फागुन २७ गते नेपाल इन्जिनियर एशोशिएसनको निर्वाचन तय भएकाले इन्जिनीयले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।

नयाँ नेतृत्व उपाध्यक्ष पदमा इन्जिनियरको साथीका रुपमा इ. ऋषि कोइरालाले उम्मेदवारी प्रस्तुत गरेका छन् । कोइरालाले लोकतान्त्रिक इन्जियर समूहबाट दिलीप कुमार झा प्यानलबाट उपाध्यक्षका लागि उम्मेदवारी दिएका हुन् ।

‘नेपालको इन्जिनियरिङ क्षेत्रको सुधार आमूल रुपान्तरण मेरा संकल्प’ मुख्य नारासहित चुनावी मैदानमा उत्रिएका कोइरालाले पेशागत हकहित र अधिकारको संरक्षणका लागि आफूले उम्मेदवारी दिएको बताए ।

११ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका कोइरालाले एशोसिएसनमा आफ्नो उपस्थितिपछि नव इन्जिनियरहरुलाई इन्र्टनसिपको व्यवस्थामा जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने प्राविधिक जनशक्तिमा एशोसिएसनको नेतृत्वदायी भूमिकालाई जोड समेत दिएका छन् ।

No description available.

निर्वाचनमा चारवटा समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएको घोषणा गरिसकेका छन् । जसमध्ये लोकतान्त्रिक इन्जिनियर समूह, एकीकृत प्रगतिशील इन्जिनियर समूह, वृहत राष्ट्रिय प्रगतिशिल गठबन्धन र लोकत्रान्त्रिक समूह चुनावी मैदानमा छन् ।

केन्द्रीय चुनावसँगै सातै वटा प्रदेशमा समेत निर्वाचन हुने भएको छ ।

लोकतान्त्रिक इन्जिनियर समूहबाट केन्द्रमा इन्जिनियर दिलिपकुमार झा नेतृत्वको प्यानल बनेको छ भने बागमती प्रदेशमा इन्जिनियर जीवनकुमार श्रेष्ठ नेतृत्वको प्यानल बनेको छ ।

 

प्रतिक्रिया