भारतीय ट्रकको ठक्करबाट कपिलवस्तुमा रिक्सा चालकको मृत्यु


बुटवल – कपिलवस्तुको ओदारीमा ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका-११ ओदारीमा भारतीय नम्बर प्लेट एमपी ०८ जीए ४०६८ नम्बरको ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वर्षीय अनिल गाहा मगरको मृत्यु भएको हो ।

लु१ह १९२३ नम्बरको अटो रिक्सालाई ठक्कर दिएपछि करिब ५० मिटर परसम्म घिसार्दा गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार राति साढे ८ बजे भएको घटनापश्चात आक्रोशित स्थानीयवासीले पिपरा प्रहरी बिट तोड्फोडसमेत गरेका थिए ।

ट्रक चालकलाई प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया