सुदूरपूर्व उडे पूर्वराजा ज्ञानेन्द्र, को–को छन् साथमा?


काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपूर्वका भ्रमण र बसाईका लागि आइतबार ५ बजे प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको बिमानबाट उनी झापाको दमकका लागि उडेका हुन्।

एक–डेढ महिनाको बसाईका लागि प्रस्थान गरेका उनका साथमा पूर्वरानी कोमल शाह, नीजि सचिव सागर तिमल्सिना र एक जना सुरक्षा गार्ड सशस्त्र प्रहरीका डिएसपी रहेका छन्।

उनको स्वागतका लागि चन्द्रगढी विमानस्थलमा राजसंस्था पक्षधर र हिन्दूवादी पुगिसकेका छन्। उनको सुरक्षा र कार्यक्रमका लागि शिव सेना नेपालको टोली तीन दिन अघि नै झापा पुगेको थियो।

दमक बसाईका क्रममा उनले राजवादी नेता, राप्रपाका स्थानीय नेतालगायतसँग भेट गर्नेछन्। झापा बसाईको दौरान नै उनी छिमेकी मुलुक भारतको भ्रमणमा समेत निस्कने बताइएको छ।

हिउँदका बेला पूर्वराजा प्रायः लामो समयका लागि आराम गर्न झापा पुग्ने गरेका छन्। यस पटकको बसाईमा भने उनको भेटघाट बाक्लो हुनेछ। राजसंस्था र हिन्दूत्वको माग गरी सडक तातेको समयमा नै उनी उपत्यकाबाहिर निस्किएका हुन्।

चार दिनपछि पूर्वयुवराज्ञी हिमानी शाह पनि झापा पुग्ने निर्मलनिवास स्रोतले जनाएको छ।

प्रतिक्रिया