कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन


काठमाडौं – वयोवृद्ध कम्युनिष्ट नेता कृष्णराज बर्माको आइतबार अपराह्न निधन भएको छ। ९३ वर्षीय बर्मालाई छातीमा समस्या देखिएपछि केही दिनअगाडि काठमाडौंस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो।

२००७ सालको राणाविरोधी आन्दोलन कालदेखि नै राजनीतिमा सक्रिय नेता बर्मा २०४६ सालको जनआन्दोलनका प्रमुख नेतामध्ये एक हुन्। उनी नेतृत्वको नेकपा त्यसवेला वाम मोर्चामा समेत सामेल थियो।

बर्माका श्रीमती, तीन छोरा र दुई छोरी छन्। उनको आजै दाहसंस्कार गरिने उनी सम्बद्ध नेता मधु बिसीले बताएका छन्।

प्रतिक्रिया