कोरोना संक्रमित सान्ता क्लजले उपहार बाँडेपछि…


ब्रसेल्स(एजेन्सी)– बेल्जियमको केयर होममा रहेका व्यक्तिका लागि सान्ता क्लजबाट उपहार लिन गम्भीर गल्ती बनेको छ । कोरोना संक्रमित सान्ता क्लजले केयर होममा रहेका १ सय २१ व्यक्ति र ३६ स्टाफ मेम्बरलाई उपहार बाँडेपछि उनीहरु सबैमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १८ व्यक्तिको निधन भइसकेको छ ।

समाचार अनुसार बेल्जियमको एन्टवर्पको केयर होमका कर्मचारी त्यहाँ रहेका वृद्ध व्यक्तिको मनोबल बढाउन चाहन्थे । त्यहीकारण उनीहरुले सान्ता क्लजलाई बोलाएर सान्ताको हातबाट उपहार दिने योजना बनाए । त्यसका लागि उनीहरुले केयर होमको व्यक्तिलाई हेरचाहन गर्ने एक चिकित्सकलाई सान्ता क्लज बनाउनका लागि तयार पारे ।

योजना अनुसार करिब २ हप्ता अघि ती चिकित्सक सान्ता क्लज बनेर केयर होममा आए । कर्मचारीका अनुसार जब सान्ता आए, त्यही बेला सान्ता स्वस्थ देखिएका थिएनन् । सान्ताले वृद्धवृद्धासँग समय बितायो र कैयौं उपहार दियो । त्यो समय सान्ता क्लज आफैंलाई पनि कोरोना संक्रमण थियो भन्ने थाहा थिएन । त्यसपछि जब ऊ बिरामी भयो र उसको परीक्षण गरियो, त्यसपछि पोजेटिभ रिपोर्ट आयो । त्यसपछि केयर होमका एक एक व्यक्ति कोरोनाको संक्रमणमा परे ।

केयर होममा कोरोनाका कारण हालसम्म १ सय २१ व्यक्ति र ३६ स्टाफ संक्रमित भइसकेका छन् । क्रिसमसको एकदिन अघि र क्रिसमसको दिन पाँच व्यक्तिले ज्यान गुमाइसकेका छन् । कोरोना मामला बढेपछि स्थानीय प्रशासनले सान्ता क्लजलाई सुपरस्प्रेडरको संज्ञा दिएको छ ।

प्रतिक्रिया