नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका जाँदै


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली आज (शनिबार) श्रीलंका जाँदैछ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स युएईं मा आयोजना हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका जान लागेको हो ।

नेपाली टोली शनिबार बिहान श्रीलंका जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छन् ।

नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सिय टोलीको घोषणा गरिसकेको छ । यस्तै, टोलीका अन्य सदस्यमा क्रमशः ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भीम सार्की समेटिएका छन् ।

त्यसैगरी, मुख्य प्रशिक्षक पुबुदु दशानायाके, सहायक प्रशिक्षक प्रकाश शर्मा, म्यानेजर कैलाश विष्ट, फिजियो बिक्रम न्यौपाने, एनालिस्ट रमण शिवाकोटी र ट्रेनर राज शर्मासमेत श्रीलंका जाँदै छन् ।

नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया