
रुसमाथि थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस् : राष्ट्ररपति पुटिन
काठमाडौं – युक्रेनमाथि आक्रमणको विरोध गर्ने देशहरूलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् । सरकारी बैठकलाई सम्बोधन गरिरहेका समयमा उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न यो टिप्पणी दिएका हुन् ।
बैठकलाई रुसको सरकारी टेलिभिजन रोसया २४ ले प्रत्यक्ष प्रसारण गरिरहेको थियो । सम्बोधनमा पुटिलले दाबी गरे ‘छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन ।’ उनले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरी युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरु विश्वस्त रहेको बताए ।
उनले भने, ‘मलाई लाग्छ सबैले अब यस बारेमा सोच्न आवश्यक छ कि सम्बन्ध सामान्य कसरी हुने छ, सामान्य रुपमा एक अर्काको मद्दत रहोस् र सम्बन्धमा सुधार आओस् ।’ रुसी सेनाको कारबाही रुसविरुद्धको केही कारबाहीको जवाफ भएको पुटिनले बताए ।



कागजपत्र |
