लेखा समितिको २१औँ वार्षिक प्रतिवेदन पारित


काठमाडौं – सार्वजनिक लेखा समितिले आफनो २१औँ वार्षिक प्रतिवेदन पारित गरेको छ । सभापति भरतकुमार शाहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन समितिको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

समितिले वर्षभरी गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने उद्देश्यले तयार गरिएको मस्यौंदा प्रतिवेदनमाथि छलफल भई पारित भएको समिति सचिव डा रोजनाथ पाण्डले जानकारी दिए ।

उनले भने, ‘बेरुजु फ्र्योट गर्ने सन्दर्भमा गठन भएका नौ उपसमितिले गरेका काम प्रतिवेदनमा समावेश छ, समसामयिक निर्णय, राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणपछि तयार गरिएको अध्ययन प्रतिवेदनलाई पनि समेटिएको छ ।’

मन्त्रालय र केन्द्रीय निकायमा रहेको बेरुजु किनारालगाउन गरिएको प्रयास, वेरुजुका सम्बन्धमा उठेका विषय, असुल उपर गर्नपर्ने रकम, आर्थिकरूपले वितीय व्यवस्थापनका सवालमा नीतिगत निर्णय गर्न चालिनुपर्ने कदमकासहितका सुझाव प्रतिवेदनमा समावेश छ ।

प्रतिक्रिया