इन्डोनेसियामा आपराधिक समूहद्धारा आठ जना आमनागरिकको हत्या


जाकार्ता – इन्डोनेसियामा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा आठ आमनागरिकको मृत्यु भएको छ । पपुपाका पृथकतावादीहरुले उनीहरुको हत्या गरेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

मारिएकाहरु प्रविधि सम्बन्धी कम्पनीमा काम गर्ने कामदार हुन । सो कम्पनीको टावरलाई समेत असर पार्नेगरी उनीहरुले आक्रमण गरेको जनाइएको छ ।सरकारी अधिकारीहरुले खराब मौसमका कारण उनीहरुलाई उद्धार गर्न नसकिएको जानकारी दिएका छन् ।

हवाइ यातायातको साधन प्रयोग गरेर मात्रै घटनास्थलमा पुग्न सकिने भएकाले सरकारी अधिकारीहरु पुग्न कठिन भएको बताइएको छ । ‘हामीले हाम्रो टोलीलाई त्यता पठाउनका लागि तयारी गरिरहेका छौँ, अनुकुल हुनासाथ हाम्रो टोली घटनास्थलमा पुगेर विस्तृत विवरण लिएर आउने छ र उनीहरुलाई पनि उद्धार गर्नेछ,’ एक अधिकारीले भने । आफूहरुले घटनाका बारेमा थप अध्ययन अनुसन्धान पनि गर्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया