युक्रेनलाई विश्व बैंकको ३ अर्ब डलर सहायता


काठमाडौं –  विश्व बैंकले युक्रेनलाई सहयोग गर्न ३ अर्ब डलरको सहायता प्याकेज दिने घोषणा गरेको छ । रुस– युक्रेन युद्धमा क्षति बढदै जाँदा उक्त रकम सहायता दिने भएको हो ।

विश्व बैंकले रुस र बेलारुसमा आफ्ना सबै परियोजनाहरु तत्काल लागू हुने गरी रोक्ने घोषणा समेत गरेको छ ।  युक्रेनमा सैन्य कारबाही र जनताप्रतिको रुसले गरेको शत्रूताको व्यवहारलाई मध्यनजर गर्दै विश्व बैंकले यो कदम चालेको हो ।

‘विश्व बैंक समूहले सन् २०१४ देखि रुसमा नयाँ लगानी वा ऋण स्वीकृत गरेको छैन’, विश्व बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विश्व बैंकले सन् २०२० को मध्यदेखि बेलारुसलाई पनि कुनै नयाँ ऋण दिएको छैन ।

प्रतिक्रिया