पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु


चितवन – नारायणी नदीमा आज पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ विकास चौक बस्ने विमल गौतमका छोरा १० वर्षीय विदान गौतम र परिचय नखुलेका अर्का अन्दाजी १२ वर्षका बालक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ बजे भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका थिए।

डुबेको अवस्थामा फेला पारी स्थानीयको सहयोगमा उनीहरूलाई भरतपुर अस्पतालमा ल्याइएकोमा चिकित्सकले २ः३९ बजे मृत घोषणा गरेका थिए।

 

प्रतिक्रिया