त्रिविमा लगाइएको ताला तुरुन्त खुल्ला गर्न अनेरास्ववियुले गरायो ध्यानाकर्षण


काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय गतिविधि नियमित सञ्चालन गर्न ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै त्रिविको विभिन्न निकायमा र त्रिवि सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिबाट तुरुन्त खुल्ला गर्न ध्यानाकर्षण गराएकी हुन् ।

कार्यरत आंशिक शिक्षकहरूबाट नै तालाबन्दी गरेर योग्य शिक्षकलाई विश्वविद्यालयमा प्रवेश गर्न अवरोध गर्ने कार्य शैक्षिक अराजकताको पराकाष्ठा भएको बरालको भनाइ छ ।

प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संघ–संगठनहरूलाई समेत भयरहित वातावरणको निर्माणका लागि जिम्मेवार बन्न बरालको आग्रह छ ।

कथमकदाचित आयोगको परीक्षा प्रभावित गरेमा वा स्थगित गरेमा अनेरास्ववियु जस्तोसुकै कदम चाल्न पनि पछाडि नपर्ने उनको चेतावनी छ ।

प्रतिक्रिया