
प्रदेश नं. १ मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता
बिराटनगर – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । ३६ जना प्रदेश सांसदको हस्ताक्षरसहितको उक्त प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरिएको जनाइएको छ ।
प्रस्तावको प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो रहेका छन् भने समर्थक लक्ष्मण तिवारी छन् ।
प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।



कागजपत्र |
