पुँजी बजारका समस्या समाधान गर्न अर्थ मन्त्रीकाे निर्देशन

मोबाइल एपबाटै शेयर कारोबार हुने व्यवस्था मिलाउन निर्देशन


काठमाडाैं – अर्थ मन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएका समस्याको विषयमा नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाइ छलफल गरेका छन् । आज बुधवार अर्थ मन्त्री शर्माले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाएर अहिले पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका हुन् ।

छलफलमा अर्थ मन्त्री शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्नका लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए । उनले भने, ‘शेयर बजारमा देखिएकाे समस्या समाधान गर्न एउटा सक्षम योग्य नेतृत्व चयन गरियो । नियमनकारी संस्थाको नेतृत्वले शेयर बजारमा भएका समस्याको समाधानमा उहाँहरूको काम कारबाहीबाट देखिनेछ ।’

अर्थ मन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई मोबाइल एपबाटै शेयर कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिँदै पुँजी बजार नबुझिकन कारोबार गर्नेलाई शिक्षित गराउनु पर्ने बताए ।

प्रतिक्रिया