एमसिसीको प्रोजेक्टमा खुल्यो म्यानेजरदेखि सवारी चालकसम्मको रोजगारी


काठमाडौं – नेपालको ससद एवं सडकमा बहुचर्चित बनेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा सञ्चालन हुने परियोजनाका लागि १० जना कर्मचारी माग गरिएको छ।

अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले विभिन्न १० पदमा कर्मचारी माग गरेको हो।

प्रतिनिधि सभा संसदबाट गत आइतबार एमसिसी पारित भएसँगै कार्यान्वयनको चरणमा जाँदै गर्दा एमसिएले कर्मचारी माग गरेको हो ।

एमसिए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहयोगीसम्म विभिन्न पदमा विज्ञापन आह्वान गरेको हो।

विज्ञापनमा मार्च १५ सम्म आवेदन समयावधि तोकिएको छ ।

प्रतिक्रिया