नेपालमा ५ सय थपिए, थप ३ को मृत्यु


काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर थप ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ ।

त्यस्तै, गत २४ घन्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय १९ पुगेको छ ।

हालसम्म नेपालमा १९ लाख ५ हजार ८ सय २६ जनाको कोरोना परिक्षण गरिएको छ । अहिलेको अवस्थामा नेपालमा ६ हजार ७४९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया