काठमाडौंमा बन्दको प्रभाव : ३ वटा बसमा तोडफोड, ६ जना बन्दकर्ता पक्राउ


काठमाडौं – अमेरीकी सहयाग सम्झौता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन गरेको विरोधमा ६ कम्युनिष्ट संगठन र २ मोर्चाले आज( सोमबार) घोषणा गरेको नेपाल बन्दको प्रभाव राजधानीमा निकै कम परेको छ ।

हिजो (आइतबार) संसदबाट उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरे सँगै नेपालको हित र जनताको चाहना विपरीत सम्झौता अगाडी बढाएको भन्दै आज नेपाल बन्दको घोषणा गरेको हो ।

बन्दकर्ताले एकाविहानै सुकेधारामा दूधको ट्यांकर तोडफोड गरेका छन् भने कलंकीमा लामो दूरीका ३ वटा बसमा तोडफोड गरेका छन् ।

बन्द गराउदै हिँडेका ६ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । विद्यालय तथा कलेजहरु भने बन्द रहेका छन् । राजधानीमा सार्वजनिक तथा निजी सवारी सामान्य रुपमा चलेका छन् भने बजारमा पनि कुनै प्रभाव देखिएको छैन ।

काठमाडौंबाट बाहिर जाने लामो दूरीका यातायातका साधन भने अन्य दिनको तुलनामा कम चलेको ट्राफिक प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले नेपाल बन्द आह्वान गरेका हुन् ।

प्रतिक्रिया