तमलाेपाकाे अध्यक्षमा वृषेशचन्द्र लाल चयन


धनुषा – तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को अध्यक्षमा वृषेशचन्द्र लाल चयन भएका छन् । जनकपुरमा सम्पन्न तमलोपाको विशेष केन्द्रीय भेलाले आज आइतवार लाललाई अध्यक्ष चयन गरेको हो ।

भेलामा निवर्तमान अध्यक्ष रविशंकर लाल कर्णले लाललाई अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव भएकोमा उनको प्रस्तावलाई भेलाले सर्वसम्मत रूपमा पारित गरेको हो ।

यस्तै विजयकुमार सिंह वरिष्ठ नेता चयन भएका छन् । तमलोपाको ५६ सदस्यीय केन्द्रीय कार्यसमिति पनि गठन गरिएको छ । पदाधिकारी पछि चयन गरिने तमलोपाले जनाएको छ ।

तमलोपाले संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक अगाडि बढाउन आग्रह गरेको छ । मधेश आन्दोलनमा सहभागी भएकै कारणबाट चलाइएका सबै मुद्दाको खारेजी र कारागारमा रहेका व्यक्तिलाई तत्काल रिहा गर्न पनि भेलाले माग गरेको छ ।

प्रतिक्रिया