राष्ट्रपति भण्डारीद्वारा अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. खत्री नियुक्त
काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा. श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खत्रीलाई राजदूत नियुक्त गरेकी हुन् ।
सरकारले १४ कात्तिकमा खत्रीलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो भने २५ भदौमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । तर अमेरिकाबाट एग्रिमो आउन समय लागेपछि राजदूत नियुक्तिमा बिलम्ब भएको थियो ।