नेप्सेमा ३ वाणिज्य बैंकको बोनस सूचिकृत, कुन बैंकको कति ?


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ३ वटा वाणिज्य बैंकको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार आज कृषि विकास बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडको सेयर सूचिकृत भएको हो ।

कृषि विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस बापतको २ करोड १९ लाख ७९ हजार ८ सय ५९ दशमलव ६०४५ कित्ता सेयर सूचिकृत भएको छ ।

यस्तै, सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस बापतको एक करोड ५६ लाख २१ हजार २ सय ७६ दशमलव ३६ कित्ता सेयर सूचिकृत भएको छ । त्यसैगरी, प्राइम कमर्सियल बैंक लिमिटेडको १६ प्रतिशत बोनस बापतको २ करोड ५७ लाख ३२ हजार ८ सय ५९ दशमलव ०४ कित्ता सेयर सूचिकृत भएको छ ।

 

प्रतिक्रिया