नेपाल इन्भेष्टमेण्ट बैंक ३७ औँ वर्षमा प्रवेश


काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ।  पाँच पटकसम्म बैंक अफ दि इयर तथा यूरो मनी अवार्डबाट सम्मानित यस बैंकले स्थापनाको ३६ बर्ष पूरा गरी ३७औँ वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान, वृद्धाश्रम तथा बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोरमैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक ‘बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा’ को विमोचन कार्यक्रमहरु बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरुले सञ्चालन गरेका छन्। यसका साथै ग्राहकसँगको अटुट सम्बन्ध कायमै रहने अपेक्षासहित बैंकले ‘निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दति खाता’ समेत  सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यस गौरवमय यात्राको  दौरानमा  बैंकले देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित÷राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा १३१ एटीएममार्फत १२ लाखभन्दा बढी ग्राहकमा उत्कृष्ट सेवा पस्कँदै आफ्नो दरिलो पहिचान बनाउन बैंक सक्षम रहेको छ।

उक्त अवसरमा आफ्ना अनमोल मार्गदर्शन र निर्देशन प्रदान गर्ने नियामक निकाय, वर्तमान तथा पूर्वसञ्चालक समितिका सम्पूर्ण सदस्यहरु तथा सेयरधनीहरु र अटल विश्वास गर्ने सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै सदैव सेवाको अवसर प्राप्त हुनेमा बैंक विश्वस्त छ।

प्रतिक्रिया