


इसेवा ट्राभल्स एन्ड टुर्सका ब्रान्ड एम्बेसेडरमा क्याप्टेन विजय लामा नियुक्त

काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एन्ड टुर्सको ब्रान्ड एम्बेसेडर नियुक्त भएका छन्। शुक्रबार एक कार्यक्रमकाबीच ब्रान्ड एम्बेष्डर नियुक्तसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन विजय लामाबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
क्याप्टेन विजय लामा ब्रान्ड एम्बेसेडर नियुक्त भएसँगै अन्तर्राष्ट्रिय हवाई टिकट क्षेत्रमा थप पारदर्शिता कायम हुनुका साथै आममानिसले कम मूल्यमा सहज रुपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको छ। कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले विजय लामालाई ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा हामीलाई गर्व महसुस भएको छ। एफवान थप पारदर्शिता, सुलभता र सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरेको बताए ।
कार्यक्रममा ब्रान्ड एम्बेसेडर विजय लामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी इसेवासँग जोडिन पाउँदा खुसी लागेको बताए। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ।
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

