खुकुरी प्रहार गरी हत्या, वीरगञ्जबाट एक जना पक्राउ


पर्सा – पर्सामा हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हत्या आरोपमा वीरगञ्ज महानगरपालिका-८ गहवा बस्ने ३४ वर्षीय दीपक कुमार महरालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

बारा फेटा गाउँपालिका-४ फुलबरीया गाउँ बस्ने ४२ वर्षीय प्रेमचन्द्र महरालाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । वीरगञ्ज महानगरपालिका-१६ फुलबरीया टोलस्थित गाईगोठका दीपकले खुकुरी प्रहार गरी प्रेमचन्द्रको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धनमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया