

रूसमा फेसबुकको प्रयोगमा आंशिक प्रतिबन्ध

मस्को – रूसी अधिकारीहरूले फेसबुकको प्रयोगमा ‘आंशिक प्रतिबन्ध’ लगाएका छन्। रूसले युक्रेनमा आक्रमण गरेको भन्दै फेसबुकले रूसी सञ्चारमाध्यम र संस्थाका विभिन्न अकाउन्ट ब्लक गरेपछि मस्कोले यस्तो कदम उठाएको हो।
युक्रेनमाथि आक्रमण गरेपछि फेसबुकले रूसका सरकारी सञ्चारमाध्यमका साइट र टिभी च्यानलका अकाउन्टमा प्रतिबन्ध लगाएको थियो। रूस सरकारले ती प्रतिबन्ध हटाउन तत्काल आदेश दिएको थियो।
फेसबुकले सरकारी समाचार संस्था ‘आरआईए नोभोस्ती’, सरकारी टिभी च्यानल ‘ज्वेज्दा’ र सरकार समर्थक समाचार वेबसाइट ‘Lenta.ru’ र ‘Gazeta.ru’ माथि बिहीबार प्रतिबन्ध लगाएको थियो। रूसको सरकारी समाचार संस्था रोसमनादजोरले फेसबुकले ती सञ्चारमाध्यमका खाताहरू पुनर्स्थापना नगरेको बताएको छ।
एजेन्सीले ‘आंशिक प्रतिबन्ध’ शुक्रबारदेखि लागू भएको जानकारी दिएका छन्। रूसी अधिकारीले आफ्नो यो कदमलाई रूसी मिडियाको सुरक्षाका लागि उठाइएका कदमको रूपमा व्याख्या गरेका छन्। रूसी सञ्चारमाध्यमका समाचारलाई फेसबुकले अविश्वसनीय भएको बताउने र पाठकसम्म पुग्न नदिने गरेको थियो। एजेन्सी

