एनसीसी बैंकको ४ लाख ५३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा


नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले ४ लाख ५३ हजार ९३ कित्ता संस्थापक शेयर आज  देखि विक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्रीका लागि शुक्रवार ३५ दिने सूचना जारी गरेको हो । यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउनेछन् ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको केन्द्रीय कार्यालय बागबजार, काठमाडौंमा निवेदन दिनु पर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

प्रतिक्रिया