प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित


काठमाडौं – प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित गरिएको छ । आज शुक्रबार १ बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका एक अधिकारीले बताए ।

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा शुक्रबारको बैठक सार्नका लागि आग्रह गरेको हुँदा बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

हिजाे (बिहीबार)को बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

प्रतिक्रिया