


नेपाल-भारत जमुनाहनाका ६० घण्टा बन्द गरिने

काठमाडौं – नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ।
भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहा नाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ। सीमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदलयात्रु आवतजावतमा पूर्ण रोक लगाइएको हो।

