
बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा एक महिलाको मृत्यु
चितवन – चितवन राष्ट्रिय निकुञ्जभित्र बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। घाँस काट्न गएकी भरतपुर-६ की ६० वर्षीया चिजा सार्कीको बिहीबार बाघको आक्रमणमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए।
भरतपुर १३ को बेलसर क्षेत्रमा स्थानीय तीन महिला घाँस काट्न गएका थिए। कार्की बाहेक अन्य दुई महिलाले भने भागेर ज्यान जोगाएका छन्। भरतपुर-१३ कि सीता दराई र हेमराज सापकोटाले गाउँमा पुगेर बाघले आक्रमण गरेको जानकारी गराएपछि स्थानीय प्रहरी र निकुञ्ज प्रशासनलाई खबर पुगेको थियो।
प्रहरीको टोली र निकुञ्जका कर्मचारी हात्तीसहित पुग्दा सार्कीलाई बाघले खाइरहेको अवस्थामा फेला परेको थियो। यसअघि बुधबार बर्दियामा पनि बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो।



कागजपत्र |
