ज्ञानेन्द्र शाहीलाई राप्रपामा प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी


काठमाडौं – नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई राप्रपाले प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी दिएको छ । ४ दिनअघि राप्रपामा प्रवेश गरेका शाहीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त जिम्मेवारी दिएका हुन् ।

फागुन ६ गते शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली’ अभियानको सिंगो कमिटी राप्रपामा समाहित भएको थियो । समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति अनुसार ज्ञानेन्द्र शाहीलाई राप्रपाले पार्टीमा भित्र्याएको हो । भ्रष्टाचारविरोधी छवि बनाएका शाहीलाई सोहीअनुसार राप्रपाले सुशासन विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया