माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । मन्त्री खाँण प्रचण्डलाई भेट्न केहीबेर अघि खुमलटार पुगेका हुन् ।

भोलि बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीलाई पारित गर्ने गृहकार्यमा सरकार जुटिरहेको बेला सोही विषयमा छलफल गर्न कांग्रेस नेतासमेत रहेका मन्त्री खाण प्रचण्ड निवास खुमलटार पुगेका हुन् । भेटमा एमससीसी परियोजना लगायतका विषयमा छलफल भएको मन्त्री खाँण निकट स्रोतले बतायो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पास गर्ने प्रयासमा हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । अध्यक्ष ओलीसँगको छलफलबारे जानकारी गराउन प्रधानमन्त्रीले गृहमन्त्रीलाई खुमलटार पठाएको स्रोतको अनुमान छ ।

फागुन ८ गते बसेको प्रतिनिधिसभा बैठकमा अमेरीकी सहयोग सम्झौता एमसीसी टेबल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै संसदबाट पारित नहुने बताउँदै आएका छन् ।

प्रतिक्रिया