‘सत्ताधारीकाे दाेहाेराे चरित्र : काेहि सडकमा, काेहि सदनमा’


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन दलले सरकारमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा नेता ओलीले सत्तारुढ गठबन्धन दलले दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर सरकारमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

गठबन्धन दलहरूलाई लक्षित गर्दै ओलीले भने, ‘एकथरीलाई सडकमा जाउ भन्ने अर्को थरीलाई सदनमा आउ भन्ने । एमसीसी आफैं टेलब गर्ने आफैं विरोध गर्ने । सत्तारुढ गुट देशप्रति जिम्मेवार बनेकोको छैन । एमसीसी पास गरेर षड्यन्त्र गर्ने र सडकमा नारा लगाउन पठाउने ?’

साथै उनीहरूले सडक भत्काएको र प्रहरीमाथि ढुंगा हानेकोप्रति उनले आपत्ति जनाएका थिए । धेरै खर्च लगाएर बनाइएका सडक उनीहरूले भत्काएको भन्दै उनले प्रदर्शनकारीको गतिविधिप्रति असन्तुष्टि जनाएका थिए ।

यस क्रममा उनले आफूहरूले संघर्ष गरेर ल्याएको प्रजातन्त्रमा अहिले सत्तारुढ गठबन्धनले सडक भत्काएर माथि जान खोजेको आरोप लगाए ।

उनले आइतबार नयाँ बानेश्वरमा भएको घटनाबारे बुझ्न गृहमन्त्रीलाई समेत फोन गरेको बताएका थिए । साथै प्रहरीमाथि प्रदर्शनकारीको एकोहोरो प्रहार भएको भन्दै त्यसप्रति ओलीले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया