

नेपाल बार एसोसिएसनको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल बार एसोसिएसनको चैत १९ गते हुने चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । चुनाव देशैभर एकसाथ हुने निर्वाचन समितिले जनाएको छ ।
चुनावबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचन समितिका अनुसार चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिनेछ भने नामावलीमा दाबी विरोधको मिति फागुन १३ गतेलाई तोकिएको छ ।
यस्तै अन्तिम नामावली फागुन २० गते प्रकाशित हुँदा फागुन २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ । फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरेर चैत १९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएपछि मतगणनाको कार्यक्रम सुरु हुनेछ ।

