विहे गर्दै रञ्जु दर्शना


काठमाडौं – युवा नेतृ रञ्जु दर्शनाले टिकाटालो गरेकी छिन् । उनले टिकाटालोको तस्विर सार्वजनिक गर्दै आजदेखि जीवनको अर्को सुन्दर यात्राको शुभारम्भ भएको उल्लेख गरेकी छिन् । उनले मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने आफ्नो हरेकदिन प्रयास रहने पनि विश्वास दिलाएकी छिन् ।

उनले फेशुबकमार्फत लेखेकी छिन्-

२०७८/११/०६

आज देखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखि फुलमाला, टिका कार्यक्रम सम्पन्न गरेका छौं।

तपाईहरुको आशीर्वाद र शुभकामनाको लागि हृदय देखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु।

मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु।

तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु❤️

प्रतिक्रिया