इथियोपियाको शरणार्थी शिविरमा आक्रमण हुँदा पाँच जनाको मृत्यु, हजारौं विस्थापित : राष्ट्रसंघ
अदिस अबाबा – उत्तरी इथियोपियाको अफर क्षेत्रमा एक सशस्त्र समूहले गरेको आक्रमणमा परी शुक्रबार कम्तीमा पाँच शरणार्थीको मृत्यु भएको छ ।
झडपका क्रममा एक सशस्त्र समूहले छिमेकी इरिट्रियाबाट आई शरणार्थीका रूपमा शिविरमा बस्दै आएका शरणार्थीमाथि आक्रमण गरेको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ ।
राष्ट्रसंघका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य हजारौं शरणार्थी शिविरबाट विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार सशस्त्र पुरुषहरूको एक समूहले फेब्रुअरी ३ मा टिग्रेसँगको सीमा नजिकैको बहरेल शिविरमा आक्रमण गरेपछि ‘कम्तीमा पनि पाँच शरणार्थी’ को मृत्यु भएको छ ।
त्यस्तै आक्रमणकारी समूहले केही महिलाहरूलाई अपहरण गरी लगेको बताइएको छ ।