नेपाली सेनाद्वारा ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु ‘डिस्पोज’


काठमाडौं – राजधानीको ढुंगेअड्डामा भेटिएको वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ढुंगेअड्डास्थित सडकमा शंकास्पद बस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

ढुंगेअड्डाको कालिका पेट्रोल पम्प नजिकै प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेर निस्क्रिय पारेको प्रहरीले जनाएको छ ।

तार जोडेर खतरा लेखेर राखिएको दुई प्रेसर कुकर बम नभएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बताए ।

उक्त वस्तु निस्क्रिय नपारुन्जेल उक्त सडकखण्डको यातायात सेवा पनि बन्द गरिए पनि अहिले यथावत् सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया