

क्यालिब्रेसन जहाज थाइल्याण्डबाट काठमाडौं आइपुग्यो

काठमाडौं – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन गर्ने जहाज काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
बिहीबार पौने तीन बजे थाइल्यान्डबाट आएको यरो थाइको जहाज काठमाडौं अवतरण गरेको विमानस्थलका महाप्रबन्धक भोला गुरागाईंले बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडानको तयारी छ । जहाजलाई आजै भैरहवा पठाइने छ ।

