एमसीसीको समर्थक र विरोधीहरु सँगै गठबन्धनको सरकारमा बस्न हुँदैनः बाबुराम भट्टराई

माओवादीले सरकार छोड्नुपर्ने बाबुरामको तर्क, भने, ‘भेडा भेडासँगै र बाख्रा बाख्रासँगै हुनुपर्छ’


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने राजीतिक दलहरु सरकारमा बसिरहन नहुने टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मंगलबार साँझ एक ट्वीट गर्दै एमसीसीको समर्थक र विरोधीहरु सँगै गठबन्धनको सरकारमा बस्न नहुने टिप्पणी गरेका हुन्।

उनले सत्ता गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)ले सरकार छाड्नुपर्ने धारण व्यक्त गरेका हुन्। उनले भनेका छन्, ‘एमसीसीका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन, सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुँदैन।’

उनले ट्वीटमा लेखेका छन्, ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने, यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन, सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुँदैन। भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो।’

प्रतिक्रिया