‘विद्यालय समयमा नियमित पठनपाठन भए/नभएको बारे अनुगमन गर्नू’


काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन दिएको छ । केन्द्रले देशैभरका शिक्षा विकास तथा समन्वय इकाइलाई आज मङ्गलवार पत्र लेख्दै विद्यालय समयमा नियमित पठनपाठन भए/नभएको बारे अनुगमन गर्न भनेको हो ।

निर्देशक वसन्तप्रसाद कोइरालाले विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य विद्यालय समयमा नगर्न निर्देशन दिएका हुन् ।

यदि त्यस्तो गरिएमा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को प्रावधान विपरीत भई विभागीय सजाय आकर्षित हुनेसमेत केन्द्रले चेतावनी दिएको छ । स्थानीय तहमार्फत सबै शिक्षकहरुलाई निर्देशन दिन र इकाई मार्फत नियमित अनुगमनको व्यवस्था समेत मिलाउनसमेत केन्द्रले अनुरोध गरेको छ ।

प्रतिक्रिया