धादिङमा जेसीबी पुरिँदा चालकको मृत्यु


धादिङ – धादिङमा जेसीबी पुरिएर चालकको जनाको मृत्यु भएको छ। गंगाजमुना गाउँपालिका-५ मा सडकको नयाँ ट्रयाक खन्ने क्रममा ढुङ्गाहरू खसेर जेसीबी पुरिएको हो।

मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने सडक खन्ने क्रममा जेसीबाका चालक सर्लाही बस्ने ३६ वर्षीय रोशन कुमार चौधरीको मृत्यु भएको हो। उनको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

जेसीबी पुरिएको र चालकको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो।

प्रतिक्रिया