मुक्तिनाथ दाहाल आत्महत्या प्रकरणले विवादमा तानियो प्रहरी


मोरङ–मोरङको उर्लाबारी– ५ निवासी मुक्तिनाथ दाहालको आत्महत्या प्रकरण थप चर्कंदै गएको छ । प्रशासनले भाइ मदन दाहालले दिएको दुरुत्साहन मुद्दा प्रहरीले दर्ता नगरेपछि परिवार आक्रोसित भएको छ ।

इलाका प्रहरी कार्यालय दमकमा दिएको दुरुत्साहन मुद्दा फिर्तामात्रै भएन मुख्य आरोपी भनिएका मदन स्मृति प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्याललाई प्रहरीले सामान्य सोधपुछमै रिहा गरेको छ ।

प्रतिष्ठानमा २५ वर्षदेखि प्रशासन र लेखा अधिकृतमा कार्यरत दाहालले तीन दिनअघि झापाको दमकस्थित कार्यकक्षमा आत्महत्या गरेका थिए । सामाजिक क्षेत्रमा स्थानीय अगुवासमेत रहेका दाहालको निधन अस्वभाविक भन्दै स्थानीय र परिवारजनले शव उठाउन मानेका थिएनन् । परिवारसँगको सहमतिपछि मंगलबार अन्तिम संस्कार गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेकपा केन्द्रीय सदस्य गुरु बराल, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा चार बुँदे सहमति भए पनि कार्यान्वयन नहुँदै तल्याएको भाइ मदनले बताएका छन् । ‘एकातिर हाम्रो मुद्दा दर्ता भएन,’ उनले शिलापत्रसँग भने, ‘अर्कोतिर मुख्य आरोपी भनिएका व्यक्तिलाई नै बिनासोधपुछ छाडिएको छ ।’

कलिलै उमेरदेखि पारिवारिक बोझ सम्हालेका दाहाललाई कुन स्तरको टर्चर सामना गरेको भने खुल्न सकेको छैन । ‘सुसाइट नोट’ र अरु प्रमाण नभएको भन्दै प्रशासनले मुद्दा अगाडि बढाउन अनिच्छा देखाएको छ ।

प्रतिक्रिया