देशभर थप ७४३ संक्रमित, ५ जनाको मृत्यु


काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ। पछिल्लो २४ घन्टामा ६ हजार ५५९ जनाको परिक्षण गरिएको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा ९५२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको छ।

त्यस्तै, गत एक दिनमा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ५ पुगेको छ।

प्रतिक्रिया