प्रतिनिधिसभाको बैठक फेरी सर्यो


काठमाडौं – भोली (सोमबार)का लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुन: स्थगित भएको छ। संसद सचिवालयका महासचिव भरतराज गौतमले आज एक सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित भएको जानकारी दिएका छन्।

जारी सूचनामा भनिएको छ, ‘फागुन २ गते सोमबार बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन ४ गते बुधबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो गरिएको छ।’

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई फागुन २ को प्रतिनिधिसभा बैठक सार्न प्रस्ताव गरेका थिए।

प्रतिक्रिया