पाँचथरको यासोक बजारमा भीषण आगलागी


काठमाडौँ – पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भीषण आगलागी भएको छ ।

आगलागीबाट झरेन्द्र खतिवडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अन्य दुई घरमा आगलागी भइरहेको वडाध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए ।

आगो नियन्त्रणका लागि सदरमुकाम फिदिमबाट दमकल पठाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया