नेपालमा आजदेखि आफ्नै रेल सञ्चालन हुने, यात्रु भने केही समय नबोक्ने


काठमाडौं – जयनगर-कुर्था रेलमार्गमा भोलिदेखि रेल सञ्चालन गरिने भएको छ । रेलको औपचारिक रुपमा उद्घाटन नभएसम्म यात्रु विनाको रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

आज आइतबारदेखि रेलको लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ । रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ ।

२०७७ साल असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको हो । अहिले रेल धनुषाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

प्रतिक्रिया