

क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा प्रदर्शनकारीहरूलाई घर जान आग्रह

क्यानडा – क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रबार सबै प्रदर्शनकारीहरूलाई घर जान आग्रह गर्दै, ‘सबै कुरा वार्ताको टेबलमा छ’ भनेका छन्।
‘यो गैरकानूनी गतिविधि समाप्त हुनुपर्छ, र यो अन्त्य हुनेछ,’ ट्रूडोले भने। हामी आशा गर्छौं कि यी मानिसहरूले घर जाने निर्णय गर्नेछन्। अन्यथा, त्यहाँ सुरक्षा व्यवस्था थप कडा पारिनेछ।
ओटावा, विन्डसर र अन्य ठाउँमा भएको नाकाबन्दीका पछाडि प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्ने प्रहरी र सबै तहका सरकारको तयारी भइरहेको ट्रुडोले बतताएका छन्।
संघीय, प्रान्तीय र नगरपालिकाका अधिकारीहरू हालैका दिनहरूमा स्पष्ट छन्स् नाकाबन्दी र काफिलेका गतिविधिहरूप्रति। ती अवैधू र गैरकानूनीू गतिविधि अन्त्य हुनुपर्छ, उनले थपे।
उनले भने संघीय सरकारले अर्थतन्त्रलाई बन्धक बनाउने र राष्ट्रको राजधानीमा जीवनलाई ठप्प पार्ने कार्यकर्ताहरूलाई अब सहने छैन।

